ललितपुर, भदाै २७
गोदावरी नगरपालिका ३ का वडा अध्यक्ष राज घिमिरेले आफ्नो जन्मदिवश मनाएका छन । बुधबार परेको जन्मदिनामा बाडेगाउँमा रहेको मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर,नेपाल (मामाघर आश्रम) मा रहेका बालबालिकासंग आफ्नो जन्मदिन मनाएका हुन ।
गोदावरी नगरपालिका वडा नं. १४ मा सञ्चालित श्रीमदभागवत विराट ज्ञान महायज्ञका प्रमुख संरक्षक समेत रहेका वडा अध्यक्ष घिमिरेले बालबालिकाको सहयोगार्थ जन्मदिनको अबसरमा रु ५० हजार ५ सय नगद पनि सहयोग गरेका छन ।