neapl investment mega bank
  • गृहपृष्ठ
  • गोदावरीको कर्मनासा खोलामा फोहोर बढ्दै

गोदावरीको कर्मनासा खोलामा फोहोर बढ्दै

Sep 9th, 2023

ललितपुर, भदौ २३

गोदावरीको कर्मनासा खोलामा फोहोर बढ्दै गएको छ । अभियानको २ सय ३८ औं हप्ताका सरसफाईको क्रममा आज शनिबार कर्मनासा खोला सरसफाई गरिएको हो । गोदावरी खोला क्षेत्र सरसफाइ अभियानकी अभियन्ता बेबी राजभण्डारीका अनुसार बिगतभन्दा केही प्रतिशत फोहोर फ्याक्ने कार्य कमी आए पनि जथाभावी फोहोर फ्याक्न रोकिएको छैन ।

उनले भनिन्, ‘अबका दिनमा स्थानीय सरकार स्थानीय प्रशासनको सहयोगमा फोहोर फेक्ने ब्यक्तिको पहिचान गरि कारवाही गर्नुपर्ने अवस्था आएको छ ।’ राजभण्डारीका अनुसार आज सरसफाइका क्रममा कर्मनासा खोलामा मरेको कुकुर, पुरानो कपडा, पूजा गरिसकेपछिको सामाग्रीलाई खोलामा जानिबुझी खोलामा ल्याएर फ्याकिएको अवस्थामा भेटिएको छ ।

अभियन्ता बेबी राजभण्डारीका अनुसार खोला सरसफाइसँगै अभियन्ताहरुले सचेतनामुलक सरसफाइ कार्यक्रम, खोला संरक्षण तथा बृक्षारोपण गरिएका बिरुवाको निरिक्षण गरेका छन् । अभियान मा गोदावरी अभियन्ताहरु नारायणी पाण्डे, गोपि कार्की, द्रोपती श्रेष्ठ, गिता पुतवार, श्रीकुमारी महर्जन, सुबास बस्नेत, कुमार खड्का,ज्यापु पुतवारलगायत सहभागी थिए ।