काठमाडौं, भदाै २२
तरुण दलले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा विरोध प्रदर्शन गरेको छ । रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा बुधबार तरुण दलका पूर्व अध्यक्ष समेत रहेका यादवलाई खुकुरी प्रहार भएको थियो ।
उक्त घटनाको शान्ति बाटिकामा विरोधमा कांग्रेस भ्रातृ संस्था तरुण दलले काठमाडौंको रत्नपार्कस्थित विरोध प्रदर्शन गरेको हो । तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेको छ ।
बिहीबार बसेको तरुण दलको केन्द्रीय समितिको बैठकले देशभर विरोध गर्ने निर्णय गरेको थियो । आक्रमणबाट घाइते यादवको टाउको पछाडि भागमा चोट लागेको छ ।