ललितपुर, २१ भदौ
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थराज्यमन्त्री उदय शम्शेर राणाले हिन्दु धर्मले महिलालाई सम्मान गरेको वताएका छन्।
आज विहिबार ललितपुरको बाडेगाउँस्थित मामाघर अनाथालय आश्रमद्वारा सञ्चालित महायज्ञकाे दाेस्राे दिनकाे समारोहकाे उद्घाटन मन्तव्य राख्दै राणाले महायज्ञकाे दुवै भागवत बाचिका महिलाज्यू हुनुभएको भन्दै अन्य धर्ममा महिलालाई यति प्रमुख जिम्मेवारीमा पुग्ने अवसर सृजना नभएको वताएका हुन् ।
उनले आश्रमलाई व्यवस्थित गरेर चलाउन साथ र सहयाेग गर्ने प्रतिवद्धता जनाउँदै हामीले आफ्नो धर्ममा गर्व गर्न सक्ने वातावरण तयार गर्नुपर्ने धारणा राखे ।
आश्रमका अध्यक्ष बालयाेगेश्वर विजय मुर्ती माहाराजले महायज्ञमा संकलित रकमबाट गोदावरी नगरपालिका वडा १४ बाडेगाउमा सञ्चालनमा रहेको अनाथाश्रमको व्यवस्थापनका लागि उपयोग हुने वताए ।
मामामघर अनाथालय सञ्चालनका लागि बुधबारबाटसुरु भएको विराट महायज्ञ भदौ ३० गतेसम्म सञ्चालन हुने छ ।