neapl investment mega bank
  • गृहपृष्ठ
  • आज सुनाचाँदीको मूल्य कतिमा हुँदैछ कारोबार !

आज सुनाचाँदीको मूल्य कतिमा हुँदैछ कारोबार !

Sep 7th, 2023

काठमाडौं, भदाै २१

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । बिहीबार बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस दिन तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदी तोलामा २० रुपैयाँले  घटेको छ । आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँ कायम भएको छ ।