neapl investment mega bank
  • गृहपृष्ठ
  • महायज्ञको पुर्वसन्ध्यामा आयोजित मोटर साईकल र्याली

महायज्ञको पुर्वसन्ध्यामा आयोजित मोटर साईकल र्याली

Sep 2nd, 2023

ललितपुर, भदौ १६

श्रीमद् भागवत विराट ज्ञान महायज्ञको पुर्वसन्ध्यामा आयोजित वृहत मोटर साईकल र्याली गरिएको हो ।  र्यालीमा प्रसिद्ध कथा वाचिका गरिमा उपाध्याय जी र उमा महेश्वरी जी, गोदावरी नगरपालिका १४ का वडाध्यक्ष निरोज बज्राचार्य र गोदावरी नगरपालिका ३  का वडाध्यक्ष राज घिमिरेलगायको सहभागीता रहेको थियो । 

मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर, नेपाल गोदावरी क्षेत्र बाँडेगाउँमा श्रीमद भागवत विराट ज्ञान महायज्ञ हुने बताइएको छ । गोदावरी नगरपालिका ३ ललितपुरमा निर्माण हुने देश भरीका अनाथ बालबालिकाहरूको आश्रय स्थल नेपालकै नमुना मामाघर अनाथ आश्रम, वृहत आध्यात्मिक केन्द्र, प्राकृतिक चिकित्सालय, योग तथा ध्यान केन्द्र, अन्न क्षेत्र, धर्मशाला, सत्सङ्ग भवन, पुस्तकालय, खेल मैदान, सन्त निवास, प्रवचन हल, गौशाला आदि निर्माण तथा निःशुल्क एम्बुलेन्स सञ्चालन सहयोगार्थ गोदावरी धार्मिक तथा साँस्कृतिक महामहोत्सव एवं श्रीमद् भागवत विराट ज्ञान महायज्ञ सञ्चालन हुन लागेको हो ।

अभिभावकविहिन अनाथ तथा आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकाहरूलाई निःशुल्क रूपमा गास, वास, कपास, स्वास्थ्य र शिक्षा प्रदान गर्दै आईरहेको मामाघर अनाथालय आश्रमको लागि श्रीमद् भागवत विराट ज्ञान महायज्ञ भाद्र २० गते देखि भाद्र ३० गते सम्म गोदावरी १४ बाँडेगाउँमा आयोजना हुन लागेको हो ।