काठमाडौं, भदौ ८
आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ। चाँदी आज १० रुपैयाँ घटेर प्रतितोला १४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ।