neapl investment mega bank

ओरालो लाग्दै कच्चा तेलको भाउ

Aug 24th, 2023

काठमाडौं, भदाै ७

विश्वमा कच्चा तेलको सबैभन्दा ठूलो उपभोक्ता अमेरिकामा क्रुड आयलको इन्भेन्ट्रीमा कम भएको छ ।  १८ अगस्टमा समाप्त सप्ताहमा इन्भेन्ट्रीमा ६१ लाख ब्यारेल कमी आएको अमेरिकाको ऊर्जा सूचना प्रशासनले जनाएको हो ।

यो गिरावटपछि अमेरिकी पक्षबाट कच्चा तेलको खरिद बढ्ने भएकाले मूल्य उछाल आउने सम्भावना थियो। बुधबार कच्चा तेलको मूल्य घटेको छ । बुधबारको बजार बन्द हुँदा बेन्चमार्क ब्रेन्ट क्रुड ८२ सेन्टले झरेर ८४.२१ डलर प्रतिब्यारेलमा पुगेको एजेन्सी जनाएको थियो । वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेल पनि ७५ सेन्टले घटेर ७८.८९ डलर प्रतिब्यारेल भएको छ । 

मंगलबार पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट आएको थियो । विश्वकै दोस्रो ठूलो कच्चा तेलको उपभोक्ता चीनमा माग कम भएपछि विश्व बजारमा कच्चा तेलको भाउ झर्न थालेको बताइएको छ ।