neapl investment mega bank

काठमाडौं महानगरविरुद्ध प्रदर्शन

Aug 20th, 2023

काठमाडौं, भदाै ३

काठमाडौं महानगरपालिकाका सडकमा साइकल, गाडामा व्यापार गर्ने परम्परागत मजदूर तथा उद्यमीलाई वैकल्पिक र सम्मानजनक व्यवस्थापनको माग गर्दै आइतबार विरोध प्रदर्शन भएको छ ।

आज पनि शान्तिपूर्ण आन्दोलनको अभियान अन्तर्गत युवाहरुले राष्ट्रिय सभा गृह अगाडि ‘गरीबको चमेली’ गीत प्रदर्शन गरेका हुन् । मेयर बालेन शाहको कार्यकक्ष रहेको सभागृह गेट अगाडि उभिएर विभिन्न ब्यानर र पमप्लेट लिएर युवाहरुले प्रदर्शन गरेका हुन् ।

आन्दोलनका क्रममा काठमाडौंका फुटपाथ सडकमा व्यापार गर्नेहरु पनि आएर स्वतन्त्र युवाहरुलाई साथ दिएका थिए । सडक मजदूर तथा उद्यमीलाई विस्थापित गर्दै तिनको व्यक्तिगत जीवीकोपार्जनको साधनलाई कबाड बनाई लिलाम गर्ने कार्य संविधान, कानून, र मानवता असंगत भएको अभियन्ताहरुको भनाइ छ ।

प्रदर्शनकारीहरुले गरी खान देऊ, ललितपुरमा गर्न सकिन्छ भने काठमाडौंमा किन सकिँदैन, गरिब होइन गरिबी हटाऊ, लगायतका प्लेकार्ड बोकेर सहभागी भएका थिए ।