neapl investment mega bank
  • गृहपृष्ठ
  • बसको ठक्करबाट दुई जनाको मृत्यु, एक बालिका घाइते

बसको ठक्करबाट दुई जनाको मृत्यु, एक बालिका घाइते

Aug 20th, 2023

 काठमाडौं, भदौ ३

काठमाडौंको ढुंगेधारामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । एक जना बालिका घाइते भएकी छन् ।

बालाजुबाट कलंकीतर्फ गइरहेको ना ५ ख ५०९२ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेशना ५ ख ५०९२ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश-०२ ०३७ प ०७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी ३५वर्षीय रामकुमार भारती र पछाडि सवार सिन्धुपाल्चोकको साँगाचोकगढी-३ की ३२ वर्षीया अनिता थापामगरको मृत्यु भएको हो । उनीहरु दुवैको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अनिताकी ९ वर्षीया छोरी अनिसा घाइते भएकी छन् । उनको स्वयम्भुस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको छ ।