ललितपुर, भदौ १
ललितपुर महानगरपालिका २४ धापाखेल स्थित नागपञ्चमी मेलाको तिव्र तयारीमा रहेको छ । नागदहमा नागपञ्चमीको दिन ठूलो मेला लाग्छ । हरेक वर्ष श्रावण शुक्लपक्ष पञ्चमी तिथिका दिन सो स्थानमा मेला लाग्ने गर्दछ। यस वर्ष नागपञ्चमी भदौ ४ गते सोमबार परेको छ।
नागदह

नागदहमा नागपञ्चमीको तिव्र तयारीमा रहेको वडा अध्यक्ष दिनेहजंग पाण्डेले बताए । मेलाको लागि वडाबाट तिव्र तयारीमा रहेको पाइन्छ । मेलाको लागि वडाको अगुवाईमा सरसफाई कार्यक्रममा जनप्रतिनिधि, नेपाली सेनाको राजदल गणका सुरक्षाकर्मी, स्थानीय महिला समूहको सक्रियतामा नागदह परिसरमा सरसफाई गरेको थियो ।
सरसफाई

यस्तै, मन्दिर वरपर रंग रोगन, नागको मूर्ति भएको मन्दिरमा जिर्णोद्वार गरिएको र नागदह प्रवेश स्थलमा रहेको गेटबाट मन्दिरसम्म बाटो ढलान पनि भइरहेको छ ।
बाटो ढलान
