neapl investment mega bank

पेट्रोलियम पदार्थको मूल्य बढ्यो 

Aug 16th, 2023

काठमाडौं, साउन ३१

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ।
 नेपाल आयल निगमले  स्वचालित मुल्य प्रणाली अनुसार भारतबाट मुल्य बढेर आएको भन्दै मंगलबार पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो। 

निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले बताएको छ।

यो सँगै पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ।