neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुरकाे ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८०’ सार्वजनिक

ललितपुरकाे ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८०’ सार्वजनिक

Aug 16th, 2023

ललितपुर, साउन ३१

ललितपुर जिल्लाको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८०’ सार्वजनिक गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालयले ललितपुरमा आयोजित एक कार्यशाला कार्यक्रम गरेर ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८०’ सार्वजानिक गरेको हो ।

विपद् प्रतिकार्य योजनाको सार्वजनिकीकरण गर्दै कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)का कार्यकारी निर्देशक सूर्य नारायण श्रेष्ठले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० का मूख्य पक्षहरुको बारेमा प्रस्तुती गरेका थिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले योजनाको उद्देश्य, महत्व, परिमार्जन आदिका बिषमा प्रकाश पारेका थिए ।

कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्न सहयोग गर्ने सबै पक्षहरुलाई धन्यवाद दिँदै यसको कार्यान्वयनमा जोड दिएका थिए ।
भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपाल (एनसेट) र विपद् पूर्वतयारी संजाल–नेपाल ९डीपीनेट०को प्रविधिक सहयोग र सहकार्यमा जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालय ललितपुरले सो विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारेको हो ।