काठमाडौं २९ साउन
नवनियुक्त मन्त्री अनितादेवी साहले पद तथा गोपनीयताको शपथ लिएकी छन् । सोमबार बिहान शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले शपथ लिएकी हुन् ।
यसअघि, नेकपा (माओवादी केन्द्र)का तर्फबाट सामान्य प्रशासनमन्त्री रहेका अमनलाल मोदीलाई फिर्ता बोलाइएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन् । उनी जनमत पार्टीकी सांसद हुन् । उनी गत वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा पराजित भएकी थिइन् ।