neapl investment mega bank
  • गृहपृष्ठ
  • सेवाग्राहीसँग घुस लिने इन्जिनियर सहित दुई जना पक्राउ

सेवाग्राहीसँग घुस लिने इन्जिनियर सहित दुई जना पक्राउ

Aug 13th, 2023

काठमाडाैं २८ साउन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषामा पर्खाल लगाए बापत रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिने दुई जनालाई नियन्त्रणमा लिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबासबाट खटिएको टोलीले शहीदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेश कुमार चौधरी र चौधरीको साथी गुरुदेव यादवलाई सेवाग्राहीबाट एक लाख लिइसकेको अवस्थामा एक लाख ७५ हजारको चेकसहित पक्राउ गरेको छ । 

उनीहरूलाई अहिले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ