काठमाडौँ २८ साउन
माओवादी केन्द्रले संघीय मामिला तथा सामान्यप्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारामा बसेको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
पदाधिकारी बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । मोदीको ठाउँमा जनमत पार्टीकी सांसद अनिताकुमारी साहलाई मन्त्री बनाउने तयारी छ ।
प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीकी अनितादेवीलाई आइतबार नै शपथ गराउने तयारी गरेको उनीनिकट स्रोतले बताएको छ।मन्त्री मोदीलाई फिर्ता बोलाउने तयारीमा आफू रहेको जानकारी प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीका शीर्ष नेताहरूलाई पनि दिएका छन्।