neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुरकाे इमाडाेलमा साझा बसको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

ललितपुरकाे इमाडाेलमा साझा बसको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

Aug 13th, 2023

ललितपुर, साउन २८

ललितपुरको इमाडोलमा साझा यातायातको बसले ठक्कर दिँदा ५ वर्षीय बालकको निधन भएको छ। शनिबार दिउँसो महालक्ष्मी नगरपालिका–४ इमाडोलमा बसले पैदल हिँडिरहेका आमा–छोरालाई ठक्कर दिएको हो।

बा.५ ख ८७५२ नम्बरको बसले उनीहरूलाई ठक्कर दिएको थियो। ठक्करबाट ओखलढुंगा घर भई महालक्ष्मी–८ लुभु बस्ने ४५ वर्षीया बबिता मगर माझी र उनका ५ वर्षीय छोरा प्रियास घाइते भएका थिए। घटनापछि प्रहरीले उनीहरू दुबैलाई किष्ट मेडिकल अस्पतालमा पु¥याएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।

आमा बबिताको उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले महालक्ष्मी नगरपालिका–६ चाँगाथली बस्ने ४७ वर्षीय चालक तहलबहादुर जिरेल पक्राउ परेका छन्।

यस्तै बसलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।