काठमाडौं, साउन २६
नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मालाई अदालतले थुनामा राख्न नपर्ने आदेश दिएको छ ।
शुक्रबार काठमाडौं जिल्ला अदालतले सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गरेको हो ।
न्यायाधीश धनपति शर्माको इजलासले शर्मालाई साधारण तारिखमा राखेर अनुसन्धान गर्न सकिने भन्दै म्याद थप अस्वीकार गरेको हो ।
नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले बिहीबार सांसद शर्मालाई गरेको थियो ।
पक्राउ परेका अन्यलाई भने थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।