काठमाडौं, साउन २५
काठमाडौं महानगरपालिकाले ७ कपनमा खहरे खोलामाथि बनेका घरटहरा भत्काउन डोजर सहित गएपछि स्थानीयले विरोध गरेका छन् ।
बुढानीलकण्ठ नगरपालिका-१० नम्बर वडाको सिमानामा पर्ने साततले नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको भन्दै सामाखुसी खोला जसरी नै खोल्न महानगर पुगेको नगर प्रहरीका डिएसपी मिनबहादुर थापाले बताए । स्थानीयले विरोध गरेपछि अहिले डोजर भने चल्न सकेको छैन ।
काठमाडौं ७ नम्बर वडाका स्थानीयवासीले भने बुढानीलकण्ठ नगरपालिकाविरुद्ध नाराबाजी गरिरहेका छन् ।