neapl investment mega bank

७०० ले घट्यो सुनको मूल्य

Aug 10th, 2023

काठमाडौं, साउन २५

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको जानकारी दिएको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० र तेजाबी सुनको मूल्य १ लाख १० हजार ७५० रुपैयाँ कायम छ । 

यस्तै, महासंघका अनुसार आज चाँदीको मूल्य समेत घटेको छ । १० रुपैयाँले घटेसँगै आज चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ कायम छ ।