neapl investment mega bank

कच्चा तेलको मूल्य घट्यो

Aug 9th, 2023

काठमाडौं, साउन २४

लगातार बढिरहेको कच्चा तेलको मूल्य आज घटेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ लगातार उकालो लागेको थियो। साउदी अबरले अगस्टबाट तेल उत्पादनमा कटौती गरेपछि भाउ प्रतिब्यारल ८६.५ डलरसम्म पुगेको थियो।

आज भने अन्तर्राष्ट्रिय बजारमा बेन्चमार्क ब्रेन्ट क्रुडको भाउ ०.२३ प्रतिशतले घटेको छ। योसँगै ब्रेन्ट क्रुड प्रतिब्यारल ८५.९७ रुपैयाँमा कारोबार भइरहेको छ।

उता डब्ल्यूटीआई क्रुडको भाउ पनि ०.२८ प्रतिशतले घटेको छ। अहिले डब्ल्यूटीआई क्रुड प्रतिब्यारल ८२.६९ डलरमा कारोबार भइरहेको छ।