काठमाडौं, साउन २४
मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७९’ का लागि पाँच कृतिहरू छनौट गरेको छ । कूल ३१३ पुस्तकहरू प्राप्त भएकोमा गुठीले ‘मदन पुरस्कार २०७९’ का लागि पाँच कृतिहरू छनौट गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।
दीक्षितका अनुसार छनौटमा परेका यी पुस्तकहरू मध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ कृतिका रूपमा वर्ष २०७९ को मदन पुरस्कार अर्पण गरिनेछ ।
छनोट भएका पुस्तकहरूमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय बिष्टको माटाको घर रहेका छन् ।