neapl investment mega bank
  • गृहपृष्ठ
  • ललिता निवासको जग्गा प्रकरणमा चार पूर्वमन्त्रीविरूद्ध पक्राउ पुर्जी जारी

ललिता निवासको जग्गा प्रकरणमा चार पूर्वमन्त्रीविरूद्ध पक्राउ पुर्जी जारी

Aug 7th, 2023

काठमाडाै २२ साउन

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने प्रकरणमा चार पूर्वमन्त्रीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

पूर्व उपप्रधानमन्त्री तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री चन्द्रदेव जोशी, पूर्वभूमिसुधार मन्त्री डम्बर जोशी र पूर्वराज्यमन्त्री सञ्जयकुमार शाहरविरूद्ध आइतबार पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएकाे छ।

बालुवाटारसस्थित ललिता निवासकाे १४३ रोपनी भन्दा बढि जग्गा हिनामिना प्रकरणका चार वटा मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । ११२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना भएको मुद्दामा २०९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको अाराेपमा तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तीमध्ये एक पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त समेत रहेका दीप बस्न्यात फरार छन् ।