neapl investment mega bank
  • गृहपृष्ठ
  • रामकृष्ण चित्रकार बने बागमती प्रदेशका उद्योग तथा सामान्य प्रशासन मन्त्री

रामकृष्ण चित्रकार बने बागमती प्रदेशका उद्योग तथा सामान्य प्रशासन मन्त्री

Aug 6th, 2023

काठमाडौँ २१ साउन

बागमती प्रदेशले मन्त्रालय फुटाएर नेपाली काँग्रेसका रामकृष्ण चित्रकार उद्योग तथा सामान्य प्रशासन मन्त्री बनाएकाे छ ।

आइतबार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरेर थपिएको उद्योग तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी चित्रकारलाई दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्रोतले बताएको छ ।

मन्त्रालय टुक्राएसँगै बागमतीमा १२ मन्त्रालय पुगेको छ । काँग्रेसका पुकार महर्जनले सम्हालिरहेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय फुटाएर चित्रकारलाई जिम्मेवारी दिइएको हो ।

चित्रकार काँग्रेसका संसदीय दलका उपनेता समेत रहेका चित्रकारले ७ जेठमा शपथ लिएका थिए । चित्रकार झण्डै साढे दुई महिना विना विभागीय थिए ।