neapl investment mega bank
  • गृहपृष्ठ
  • आजबाट पाटन दरबारका मन्दिरमा बस्न निषेध

आजबाट पाटन दरबारका मन्दिरमा बस्न निषेध

Aug 5th, 2023

ललितपुर, साउन २०

ललितपुर महानगरपालिकाले पाटन दरबार स्क्वायरका मन्दिरमा बस्न निषेध गरेको छ । मन्दिरमा बसेर युवा युवतीहरु अंगालो हाल्ने काखमा बस्ने र चुम्बन गर्ने जस्ता गतिविधि देखिने गरेको थियो ।

महानगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार शनिबारदेखि पाटनका दुई वटा मन्दिरमा बस्न निषेध गरिएको हो । दरवारपरिसरका विश्वनाथ मन्दिर र हरिशंखर मन्दिरमा बस्न निषेध गरिएको र अन्य मन्दिरहरूमा पनि क्रमशः निषेध गरिने उनले बताए ।

मन्दिरमा अनैतिक क्रियाकलाप गरेको भन्ने स्थानीयको गुनासोपछि महानगर प्रमुख चिरीबाबु महर्जनको निर्देशनमा मन्दिरमा बस्न रोक लगाइएको हाछेथुले बताए।