neapl investment mega bank
  • गृहपृष्ठ
  • पेट्रोल र डिजेलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको घट्यो

पेट्रोल र डिजेलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको घट्यो

Aug 2nd, 2023

काठमाडौं, साउन १७

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १३० रुपियाँले घटाएको छ ।

यसैगरी, पेट्रोल ९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढेको निगमले जनाएको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले सो जानकारी दिनुभएको हो ।

नयाँ मूल्य अनुसार, अब ग्यास प्रति सिलिन्डर एक हजार ६६०, पेट्रोल प्रतिलिटर १७३ र डिजेल र मट्टितेल १५३ पुगेको छ ।

हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।