काठमाडौं, साउन १६
सहकारीले ठगी गरेको भन्दै अभिनेत्रीहरूले पनि अनशन सुरु गरेका छन् । दुई अभिनेत्रीहरू बसुन्धरा भुसाल र चैत्यदेवीले ठगी गर्ने सहकारीलाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा अनशनमा बसेका हुन् ।
उनीहरूले दिनको १० घण्टाका दरले ठगी गर्ने सहकारीविरुद्ध अनशन सुरु गरेको बताए । आफूहरूको जीवनभरको कमाई सिभिल सहकारीले ठगी गरेको उनीहरूको आरोप छ । उनीहरूले सहकारीमा बचत गरेको २ करोड ६० लाख रुपैयाँ फिर्ता नपाएको बताए ।