neapl investment mega bank
  • गृहपृष्ठ
  • हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको आदेश

हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको आदेश

Jul 30th, 2023

काठमाडौं, साउन १४

सर्वोच्च अदालतले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) नलिन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य मार्फत हवाई टिकटमा पनि भ्याट लाग्ने व्यवस्था गरेको थियो ।

ट्राभल तथा टुर अपरेटरहरुको संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले दायर गरेको रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले हवाई टिकटमा भ्याट लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

यो मुद्दामा सर्वोच्चले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

त्यस्तै, यो मुद्दामा सरकारसँग लिखित जवाफ पनि माग गरेको छ ।