काठमाडौं, साउन १२
राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याज सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । दुवै सदनबाट पारित भएर आएपछि राष्ट्रपति पौडेलले आज विधेयक प्रमाणीकरण गरेका हुन् ।
नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । विधेयक प्रमाणिकरणपछि अनुचित लेनदेनलाई कानुनको दायरामा ल्याउने बाटो खुलेको छ ।