neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुर महानगरका प्रमुख कार्यकारी अधिकृत परिवर्तन

ललितपुर महानगरका प्रमुख कार्यकारी अधिकृत परिवर्तन

Jul 24th, 2023

ललितपुर, साउन ८

ललितपुर महानगरका प्रमुख कार्यकारी अधिकृत परिवर्तन भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका २६ जना सहसचिव सरुवा गर्ने क्रममा ललितपुर महानगरमा कार्यरत गणेश अर्याल गृह मन्त्रालय तानिएका छन् ।

केही समयअघि गोदावरी नगरपालिकाको कार्यकारी अधिकृत रहेका विरेन्द्रदेव भारती ललितपुर महानगर आएका छन् । यसअघि उनी पोखरा महानगरको प्रमुख कार्यकारी थिए ।