neapl investment mega bank

चट्याङमा परी वडासदस्यको निधन

Jul 21st, 2023

काठमाडौं, साउन ५

गए राति परेको चट्याङमा रोल्पामा एक वडासदस्यको निधन भएको छ ।

सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडासदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको सो घटनामा परी निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक घर्तीमगर आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङमा परेको उक्त कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिनुभयो ।