ललितपुर, साउन ३
नवदुर्गा तोल सुधार समितीद्वारा मंगलबार चौंथो पटक वृक्षारोपन गरेको छ । गोदावरी नगरपालिका १२ थेच्वको क्वाःगा वनमा सव डिभिजन वन कार्यलयको उपस्थितिमा उक्त वृक्षारोपन गरिएको हो ।

वर्षौ देखि फ्यालिरहेको फोहरलाई व्यवस्थापन गरि विभिन्न जातका करिब ७०० वटा फलफुल तथा रूख बिरूवाहरू रोपेका छन् । वृक्षारोपन कार्यक्रममा साथ तथा सहजिकरण टाेल बासिन्दा, गोदावरी नगरपलिका, वडा १२ कार्यलय, सव डिभिजन वन कार्यलय, सृजनसिप फोहोर व्यवस्थापन समिति लगायत उपस्थितिमा सम्पन्न भएकाे थियाे ।
