काठमाडौँ ३ साउन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साउन ७ गते इटाली जाने भएका छन् । संयुक्त राष्ट्र संघको कार्यक्रममा भाग लिनका लागि प्रचण्ड इटाली जान लागेका हुन् । भ्रमणको लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छहो ।
बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।उक्त कार्यक्रमको लागि नेपालबाट २० सदस्य जाने तयारी भइरहेको छ ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’मा सहभागी हुन जान लागेका हुन् । कार्यक्रम जुलाई २४,२५ र २६ मा इटालीमा हुँदैछ ।
प्रधानमन्त्री प्रचण्ड साउन ७ गते इटाली गएर साउन ११ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।