neapl investment mega bank

गोदावरीमा नि: शुल्क शववाहन सेवा

Jul 16th, 2023

ललितपुर, असार ३१

गोदावरी नगरपालिकाले नगरबासीहरुको सहजताकालागी नि: शुल्क रुपमा शववाहन सेवा उपलब्ध गराउने भएको छ ।

यही असार १० गते सम्पन्न नगरपालिकाको १३ औँ नगरसभाको निर्णयअनुसार यही साउन १ गतेबाट नि: शुल्क शववाहन सेवा उपलब्ध गराईने नगरप्रमुख गजेन्द्र महर्जनद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सेवा लिनका लागि ९८४०६३३३३६ नम्बरमा सम्पर्क गर्न नगरपालिकाले नगरबासीलाई सुचित गरेको छ ।