neapl investment mega bank
  • गृहपृष्ठ
  • उदय विनायक मन्दिरमा १ महिनासम्म “पुरुषोत्तम महात्म्य कथा प्रवचन” लगाइने

उदय विनायक मन्दिरमा १ महिनासम्म “पुरुषोत्तम महात्म्य कथा प्रवचन” लगाइने

Jul 15th, 2023


आधारभूमि असार ३०,ललितपुर ।
ललितपुर महालक्ष्मी नगरपालिका वडा नंं. ७ मा एक महिना कथा प्रवचन हुन्दैछ । वडा कार्यालयको हातामा रहेको उदय विनयक गणेश मन्दिरमा कथा वाचक विदुषि नारायणी घिमिरेज्यूको मुखारविन्दबाट “भगवान श्री पुरुषोत्तम महात्म्य तथा एक महिना कथा प्रवचन” लगाइने भएको छ ।

उदय विनायक मन्दिर संरक्षण समितिले आयोजना गरेको कथा प्रवचन दिउसोको ४ बजे देखि ६ बजे सम्म हुने मन्दिर संरक्षण समितीका अध्यक्षले आधारभूमिलाई जानकारी गराए ।