आधारभूमि असार ३०, ललितपुर ।
महालक्ष्मी नगरपालिका वडा नं. ७ र सूर्यविनायक नगरपालिका वडा नं.२ जोड्ने ढुङ्ग्रखोलाको नव निर्मित पुल निर्माण कार्य सम्पन्न भएको छ । पुल उद्घाटन महालक्ष्मी नगरपालिका मेयर हरिगोविन्द श्रेष्ठ र उपमेयर लक्ष्मी महर्जनले गरेका थिए ।
उद्घाटन कार्यक्रमा महालक्ष्मी नगरपालिकाका वडा अध्यक्षहरु तथा वडा सदस्यहरु र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा भएको थियो ।
उक्त पुल ०७८ साल माघ महिनामा पूर्व महालक्ष्मी नगरपालिका मेयर तथा पूर्व बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले सिलान्यास गरेका थिए । पुल निर्माणको रकम महालक्ष्मी नगरपालिकाको आ.व. ०७९/०८० बजेटबाट १ करोड ४८ लाखमा ड्रागोन जे.भि. काठमाडौंले निर्माण कार्यको जिम्मा पाएको थियो ।