neapl investment mega bank
  • गृहपृष्ठ
  • उच्च अंकका साथ उर्तिण भएकालाई क्यासपियन भ्याली कलेजमा छात्रवृति

उच्च अंकका साथ उर्तिण भएकालाई क्यासपियन भ्याली कलेजमा छात्रवृति

Jul 14th, 2023

ललितपुरको कुमारीपाटी स्थित निजी स्वामित्वको क्यास्पियन भ्याली कलेजले विज्ञान, व्यवस्थापन र मानविकीमा उच्च स्तरको शिक्षा प्रदान गर्दै आएको छ । यस विद्यालयमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत एमबीएसका कार्यक्रम पनि संचालित छ ।

क्यास्पियन भ्याली कलेजमा विश्व स्तरीय पूर्वाधार, सुविधासम्पन्न प्रयोगशालाहरू, र सीसी क्यामेरा र साउन्ड सिस्टम भएका फराकिलो कक्षाकोठाहरू छन्। यसले बहु जातीय र बहु सांस्कृतिक वातावरण सिर्जना गर्नमा दृढ विश्वास गर्दछ जसले विद्यार्थीहरूलाई विश्वव्यापी परिदृश्यहरूमा अनुकूलन गर्न तयार गर्दै सबै विद्यार्थीहरूलाई सकारात्मक सिकाइ वातावरण प्रदान गर्ने विद्यालयले जनाएको छ ।

क्यास्पियन भ्याली कलेजमा एसइइ वा समकक्ष परीक्षा आइसिएससि तथा सिविएससी पास गरेको कुनै पनि विद्यार्थीले भर्ना पाउँछन । भर्नाको लागि न्यूनतम आवश्यकताहरू पुरा गरेका विद्यार्थीलाई छात्रवृत्ति समेत उपलब्ध गराईन्छ । यसैविच यस हिमशिखा सेकेन्डरी विद्यालय रुकुमबाट उच्च अंकका साथ उतिर्ण भएका सन्देश सुवेदीले पुरै छात्रवृतिमा भर्ना पाएको वताउँछन ।