neapl investment mega bank
  • गृहपृष्ठ
  • शाखा अधिकृत सहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

शाखा अधिकृत सहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

Jul 12th, 2023

काठमाडौ २७ असार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा बुधबार १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेश, जनकपुरधामका वरिष्ठ शाखा अधिकृत ओमनारायण झा, नैँशी जेनरल अर्डर सप्लायर्सका प्रोप्राइटर अरहुला कुमारी तथा ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

प्रदेशका आठवटै जिल्लामा सहकारीसम्बन्धी आयमूलक तालिम सञ्चालन गर्दा भ्रष्टाचार गरेको आरोपमा झाविरुद्ध सात लाख एक हजार तीन सय ८० जरिवाना र बिगोसमेत असुल उपरको माग गरेको छ ।

यस्तै सरकारलाई हानी पु¥याउने गरी झुठा बिल भरपाई तयार गरेको आरोपमा कुमारीविरुद्ध तीन लाख ६७ हजार आठ सय ८० बिगो माग दाबी गरिएको छ ।