neapl investment mega bank

लक्ष्मी बस्नेत सचिवमा बढुवा

Jul 12th, 2023

काठमाडौ ,२७ असार

सरकारले सहसचिव लक्ष्मी बस्नेतलाई सचिवमा बढुवा गरेको छ ।

बढुवा समितिको सिफारिस अनुसार मन्त्रिपरिषद् बैठकले बस्नेतलाई सचिवमा नियुक्त गरेको हो ।

उनी महिला मन्त्रालयमा कार्यरत थिइन्। अघिल्लो पटक सिफारिस भए पनि सरकारले उनलाई चयन गरेको थिएन ।

वरीयताको आधारमा बस्नेतलाई सचिवमा बढुवा गरेको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।