neapl investment mega bank
  • गृहपृष्ठ
  • पशुपतिनाथ मन्दिरकाे ६२३ ग्राम सुन अख्तियारलाई बुझाइयाे

पशुपतिनाथ मन्दिरकाे ६२३ ग्राम सुन अख्तियारलाई बुझाइयाे

Jul 11th, 2023

काठमाडौं, असार २६

पशुपतिनाथ मन्दिरमा जलहरी स्थापना गर्दा टुक्राटाक्री रुपमा रहेका ६२३ ग्राम सुन सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाइएको छ ।

पशुपति क्षेत्र विकास कोष स्रोतका अनुसार मन्दिरमा जलहरी स्थापना गर्दा त्यो परिणाममा सुन टुक्राटाक्री रुपमा भेटिएको थियो ।

उक्त करिब ६२३ ग्राम अर्थात साढे ५३ तोला सुन सोमबार कोषले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइएको हो ।

पशुपतिमा करिब १०७ किलोको सुनको जलहरी स्थापनाका क्रममा भ्रष्टाचार भएको भनी उजुरी परेपछि अख्तियारले उक्त जलहरी निकालेर नापजाँच गरेको थियो ।