२६ असार । गोदावरी नगरपालिका ३ मा निर्माण हुन लागेको नयाँ हर्बेरियम भवन वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले शिलान्यास गरेका छन् ।
राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशालाअन्तर्गत अत्याधुनिक हर्बेरियम भवनको आज उनले शिलान्यास गरेका हुन् ।
वनमन्त्री महतोले तीनै तहका सरकार, वन विभागका कर्मचारी, विज्ञ र यस कार्यालयका प्रमुख र जनप्रतिनिधिहरूलाई गोदावरीमा भएका प्राकृतिक सम्पदा, स्रोत, वनस्पति उद्यान तथा शिलान्यास भएको हर्बेरियम भवनलाई व्यवस्थित गर्न निर्देशन दिए ।