काठमाडौँ २५ असार
सोमबार दिउँसो ३ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने उक्त बैठकमा ३ वटा कार्यसूची रहेका छन् ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा तीनवटा विधेयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रियसभाबाट उत्पति भएको नेपाल विश्वविधालय विधेयक २०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ ।
यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेश गर्नेछन् भने राष्ट्रियसभामा उत्पति भएको ‘मुलकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० माथीको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन् ।