काठमाडौं २४ असार
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललिता निवास प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको छ ।
राउत माधव कुमार नेपाल प्रधानमन्त्री रहेका बेला भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत थिए । उनले समरजंग कम्पनीका नाममा रहेको जग्गा मोही र बिचौलियालाई दिने निर्णय गराएको सिआइबीले जनाएको छ ।