ललितपुर, असार १२१
महालक्ष्मी नगरपालिका ८ लुभुमा निर्माण भएको श्री महालक्ष्मी महाभैरव पाटी तथा गुठी भवन( सामुदायिक भवन) को उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोबिन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले संयुक्त रुपमा उक्त भवनको उद्घाटन गरेका हुन् ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, जिल्ला समन्वय समिती( संसद विकास कोष), श्री महालक्ष्मी गुठी, महालक्ष्मी नगरपालिका तथा वडा नं ८ को आर्थिक सहयोगमा उक्त गुठी भवन निर्माण भएको हो । कुल ७५ लाख ५० हजार बराबरको लागतमा तीन तल्लाको उक्त भवन निर्माण गरिएको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सुर्यमान श्रेष्ठले बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले सामुदायिक गुठी भवन निर्माण भएपछी गुठी लगायतका कार्यक्रम र भोज लगायतका कार्य गर्नका लागि सहज हुने बताए ।
नगर उपप्रमुख लक्ष्मी महर्जनले आफूहरु नगरपालिकामा निर्वाचित भएपछी पहिलो उद्घाटन सामुदायिक गुठी भवनबाट सुरु भएको र आगामी दिनहरुमा अन्य थुप्रै योजनाहरु सम्पन्न भई उद्घाटन र सञ्चालनको चरणमा रहेको बताईन । महालक्ष्मी ८ का वडाध्यक्ष डा. विश्वराज श्रेष्ठले लुभुभित्रका विभिन्न गाउँलाई समेट्ने गरी भवन निर्माण भएको बताए ।