काठमाडौं, असार २१
प्रधानमन्त्रीको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि राष्ट्रियसभामा अवरोध गरेको छ । दिउँसो १ बजे बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरुले उठेर विरोध जनाएका हुन् ।
एमालेले बुधबार पनि राष्ट्रियसभामा अवरोध गरेको थियो । एमालेको अवरोधपछि बैठक आजका लागि स्थगित गरिएको थियो । एमालेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म प्रतिनिधिसभा बैठक पनि चल्न नदिने बताउँदै आएको छ ।