ललितपुर, असार २०
ललितपुर महानगर र मालिका गाउँपालिका गुल्मीबीच भगिनी सम्बन्ध कायम भएको छ ।
भगिनी सम्बन्ध कायम गर्ने विषयको समझदारी पत्रमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र मालिका गाउँपलिका गुल्मीका अध्यक्ष देवीराम अर्यालले हस्ताक्षर गरे ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले भगिनी सम्बन्ध गाँस्नु भनेको दुखसुख आदानप्रदान गर्नु भएको बताए ।
यस्तै, मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले कला, संस्कृति र सम्पदाको सहर ललितपुर महानगरसँग दुरदराजको गाउँपालिकाले भगिनी सम्बन्ध गाँस्न पाउनु गौरवको कुरा भएको बताए । यो सम्बन्धले मालिका गाउँपालिका लाभान्वित हुने विश्वास व्यक्त गरे ।