ललितपुर, असार २०
ललितपुर महानगरपालिकाका ६० हजार घरले घर नम्बर पाएका छन् । महानगरले सडक सञ्जालमा आधारित मेट्रिक ठेगाना प्रणालीमा ६० हजार ९ सय ८८ घरलाई घर नम्बर दिएको महानगरका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर कुमार महर्जनले जानकारी दिए ।
उनका अनुसार घर नम्बर वितरणको काम अहिले अन्तिम चरणमा पुगेको छ । अब १० प्रतिशत काम मात्रै बाँकी छ । केही ठाउँमा सडक र टोलको नामको विवादका कारण घर नम्बर विवरणमा समस्या भएको हुँदा बाँकी रहेको महानगर प्रमुख चिरीबाबु महर्जनले बताए ।
महानगरले एकल बसोबास ,संयुक्त आवास, बहुतल्ले आवास, व्यवसायिक भवन, कार्यालय तथा संस्था, मठमन्दिर लगायतलाई घर नम्बर पाएक छन् ।