neapl investment mega bank

काठमाडौंका सिडिओ जितेन्द्र बस्नेत

Jul 5th, 2023

काठमाडौं, असार २०

सहसचिव जितेन्द्र बस्नेत काठमाडौंका प्रमुख जिल्ला अधिकारी भएका छन् । गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा एवं प्रवक्ता रहेका सहसचिव बस्नेत काठमाडौंका प्रमुख जिल्ला अधिकारी भएका हुन् । 

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौंमा रहेका घनश्याम उपाध्यायको सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयसँगै मन्त्रालयले बस्नेतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरूवा गरेको हो ।

यसअघि बस्नेत राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागका महानिर्देशक, गोरखा, चितवन, पर्साका प्रमुख जिल्ला अधिकारी भइसकेका छन‍् । उनी सुदूरपश्चिम प्रदेश सचिवालय, प्रधानमन्त्री कार्यालय र भुकम्प प्राधिकरण कार्यालयमा समेत रहिसकेका छन् ।