neapl investment mega bank

घट्यो हवाइ भाडा

Jul 4th, 2023

काठमाडौंर असार १९

नेपाल आयल निगमले हवाई इन्धनको मुल्य घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा हवाई भाडा घटाएको छ । असार २० गते बुधवारदेखि लागू हुने गरी आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा कटौती भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार नेपालको अहिलेको लामो रुट ९१००.९ मिनेट० विराटनगर–नेपालगञ्जका लागि प्रतिटिकट ७५० रुपैयाँ इन्धनको मूल्य कम भएको छ ।  काठमाडौंबाट लामो रुट (८९.०९ मिनेट) धनगढीका लागि ६१५ रुपैयाँ भाडा कम भएको छ ।

प्राधिकरणको नयाँ सूची अनुसार काठमाडौंंबाट माउन्टेन फ्लाइट ४८५, भद्रपुर ४२०, विराटनगर ३३५, जनकपुर १८०, भरतपुर १५०, पोखरा २२५, भैरहवा २८५, नेपालगञ्ज ४५५, तुम्लिङटार २६०९ र सिमराका लागि १२५ रुपैयाँ भाडा कम भएको छ ।