काठमाडौ १९ असार
सरकारले काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
उनलाई वरिष्ठता तथा कार्यक्षमताका आधारमा रिक्त सचिव पदमा उपाध्यायलाई बढुवा गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
उपाध्याय प्रशासनतर्फ कर्णालीबाट सचिव हुने पहिलो व्यक्ति हुन् ।